बुद्ध इन्टरटेनमेन्ट प्रालिको व्यानरमा प्रदिप कुमार उदयको शुभलभ बन्ने भएको छ । प्रदिप कुमार उदयको प्रस्तुती रहने फिल्म धर्मराज सुवेदीले निर्माण रहेको छ । "/>

चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायक बन्दै, ‘शुभलभ’मा बन्ने भए हिरो

चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायक बन्दै, ‘शुभलभ’मा बन्ने भए हिरो

केन्द्रबिन्दु
0
Shares

बुद्ध इन्टरटेनमेन्ट प्रालिको व्यानरमा प्रदिप कुमार उदयको शुभलभ बन्ने भएको छ । प्रदिप कुमार उदयको प्रस्तुती रहने फिल्म धर्मराज सुवेदीले निर्माण रहेको छ । चलचित्रको निर्देशकमा सन्तोष बाबु लोहनी छन् । शुक्रबार एक कार्यक्रमका बीच चलचित्रकोको औपचारि घोषणा गरिएको हो ।

चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायक र मिस टिन नेपाल २०१७ की विजेता कृष्टिना पौडेल, डा. सुर्य थापाले नायिकाको भूमिका निर्वाह गर्नेछन् । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप वास्तोला लगायतको भूमिका रहनेछ ।

रामेश्वर कार्कीले छायांकन गर्ने यो चलचित्रमा रामजी लामिछानेले नृत्य निर्देशन गर्नेछन् । भने अर्जुन पोखरेलको गीत र संगीत रहनेछ । चलचित्रमा समाबेश गरिएका २ गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ ।

द्वन्द निर्देशन रोशन भट्टराईले गर्नेछन् भने सन्तोष लामाले कला निर्देशन गर्नेछन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशनमा बन्ने चलचित्रमा दिप्त प्रकाश अधिकारीको सहायक निर्देशन रहनेछ । हरिहर अधिकारीको कथा रहेको यो चलचित्रमा अभिमन्यु निरवीको पटकथा तथा सम्बाद रहनेछ ।

Logo