काठमाडौं

नेपाली चलचित्र क्षेत्रमा लामो समय देखि चर्चामा रहँदै आएको बक्स अफिस मङ्गबार (साउन १ गते) बाट काठमाडौं उपत्यकामा लागू भएको छ । "/>

उपत्यकाका फिल्म हलहरुमा बक्स अफिस लागू

उपत्यकाका फिल्म हलहरुमा बक्स अफिस लागू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली चलचित्र क्षेत्रमा लामो समय देखि चर्चामा रहँदै आएको बक्स अफिस मङ्गबार (साउन १ गते) बाट काठमाडौं उपत्यकामा लागू भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा बक्स अफिसको औपचारिक उद्घाटन गरे । बक्स अफिस लागू भएपछि ‘अनलाइन डाटा’ मार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त हुनेछ । यसले राजस्व संकलनमा राज्यलाई पनि ठूलो मद्दत पुग्ने मन्त्री बाँस्कोटाले बताए ।

उनले अर्को असार मसान्त भित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बाँस्कोटाले भने, “अब निर्माताले घरघडेरी डुबाउनु पर्ने दिन आउने छैन । कलाकारले आफ्नो मिहिनेतको पारिश्रमिक पाउनेछन् । राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य हुनेछ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।”

उनले अब हलहरूको वर्गीकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने घोषणा पनि गरे । वक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जन सहितको बैठकले २०७५ वैशाख १ बाट परीक्षण गर्ने र साउन १ गते देखि उपत्यका भित्र लागु गर्ने निर्णय गरेको थियो । बक्स अफिस एक प्रकारको केन्द्रिकृत ई–टिकेटिङ सिस्टम हो । यो प्रणालीमा कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क लिन सकिन्छ । टिकट बिक्रीका विषयमा अनलाइनमा नै रिपोर्ट देखाउने हुँदा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन नसक्ने बताउँदै आइएको छ ।

सम्पूर्ण हलहरुबाट सफ्टवेयर मार्फत सर्भरमा लिङ्क गराउँदै यसले तथ्याङ्क संकलन गर्छ । सर्भरमा जम्मा भएको तथ्याङ्क फिल्मका निर्माता या वितरकलाई दिइन्छ । यसको सर्भर चलचित्र विकास बोर्डमा राखिएको छ । संयोजक महर्जनले बक्स अफिसको सम्पूर्ण डाटा एकै ठाउँमा संकलन हुने जानकारी दिए ।
गोरखापत्रबाट

Logo