काठमाडौं

असार २९ गतेबाट रिलिज हुने फिल्म वीरांगनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । "/>

असार २९ गते अनुपविक्रम र शिल्पा पोखरेलको विवाह हुने !

असार २९ गते अनुपविक्रम र शिल्पा पोखरेलको विवाह हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

असार २९ गतेबाट रिलिज हुने फिल्म वीरांगनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । यी दुवै सशस्त्र प्रहरीको भूमिकामा छन् । फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । फिल्मको प्रमोसनका लागि अहिले आएर मुख्य दृश्यको तस्बिर सार्वजनिक गरिएको छ ।

फिल्म भित्र नायिका शिल्पा र नायक अनुप विवाह बन्धनमा बाँधिएका छन् । महिला सशस्त्र प्रहरीको वीरतामा आधारित फिल्म वीरांगना लभ–एक्सन जनरमा निर्माण गरिएको छ । महिला सशस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ ।

फिल्ममा शिल्पा, अनुप, पृथ्वीराज प्रसाईं, प्रज्ज्वल गिरी, सुशील पोखरेल, ध्रुर्व कोइराला, प्रिया रिजाल, धीरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।
अन्नपूर्णबाट

Logo