काठमाडौं

अभिनेत्री करिश्मा मानन्धर यतिबेला काठमाडौंको मैतिदेवीस्थित एउटा निजी स्कुलमा कक्षा १० मा पढ्दै छिन् । "/>

जब करिश्मा स्कुल ड्रेसमै सम्मान थाप्न पुगिन्….!

जब करिश्मा स्कुल ड्रेसमै सम्मान थाप्न पुगिन्….!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अभिनेत्री करिश्मा मानन्धर यतिबेला काठमाडौंको मैतिदेवीस्थित एउटा निजी स्कुलमा कक्षा १० मा पढ्दै छिन् । उनी पछिल्लो समय स्कुल ड्रेसमै सार्वजनिक समारोहमा उपस्थित हुन थालेकी छिन् । यसै क्रममा चलचित्र विकास बोर्डले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरणका लागि सूचनाको हक’ सम्बन्धी गोष्ठीमा उनी स्कुलको ड्रेसमै सहभागी भइन् । आफू पढेको स्कुलको ड्रेस सेतो धर्के सर्ट र गाढा खैरो रङका पाइन्टमा उनी कार्यक्रममा सहभागी भइन् । उनी त्यहाँ सम्मान थाप्न पुगेकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा अढाई दशक भन्दा लामो समय योगदान पुर्याएको भन्दै कार्यक्रममा उनलाई चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरियो । उनी सहित अन्य चार अभिनेत्रीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । बाँकी अभिनेत्री सारी, चोलो जस्ता औपचारिक परिहनमा थिए । करिश्मा भने स्कुलको ड्रेसमा थिइन् । स्कुलको ड्रेसमा आएपछि केही फोटो पत्रकारले करिश्माको फोटो खिच्न अनुरोध गरे । करिश्माले भनिन्, ‘म स्कुलको युनिफर्ममा छु । यो युनिफर्ममा फोटो चै नखिचौं होला ।’

करिश्माले यस्तो अनुरोध गरेपछि पत्रकारले उनको एकल फोटो खिचेनन् । तर आफूलाई सम्मान गर्दा पत्रकारले फोटो खिचेपछि करिश्माले रोक्न सकिनन् । स्कुलबाट आफ्नै गाढीमा सोझै कार्यक्रममा आएकी करिश्माले हतारमा कपडा फेर्न नभ्याएको बताइन् । प्रदेश ३ की प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले करिश्माको अध्ययनको प्रशंसा गर्दा यी अभिनेत्री कार्यक्रममा दंग परेकी थिइन् ।
राजधानीबाट

Logo