काठमाडौं

अभिनेत्रृ गौरी मल्ल फेरि प्रधानमन्त्रीका रूपमा देखिने भएकी छिन् । अभिनेत्री मल्ल केही दिन पछि नेपाल टेलिभिजनबाट प्रसारित हुन लागेको लोकप्रिय टेलिसिरियल सिंहदरबारको नयाँ संस्करणमा पनि प्रधानमन्त्रीका रूपमा देखिने भएकी हुन् । "/>

नेपालको पहिलो महिला प्रधानमन्त्री हुँदै गौरी मल्ल !

नेपालको पहिलो महिला प्रधानमन्त्री हुँदै गौरी मल्ल !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अभिनेत्रृ गौरी मल्ल फेरि प्रधानमन्त्रीका रूपमा देखिने भएकी छिन् । अभिनेत्री मल्ल केही दिन पछि नेपाल टेलिभिजनबाट प्रसारित हुन लागेको लोकप्रिय टेलिसिरियल सिंहदरबारको नयाँ संस्करणमा पनि प्रधानमन्त्रीका रूपमा देखिने भएकी हुन् ।

सिंहदरबारमा उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको भूमिकामा लोकप्रियता कमाएकी थिइन् । दोस्रो चरणको यो सिरियलमा गौरीलाई प्रधानमन्त्री आशा सिंहका रूपमा देखिनेछ । आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिबद्ध नेतृ हुन् । जसको उद्देश्य नयाँ संविधानलाई लागू गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नु र संघीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो ।

‘प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन् र यसपालि उनी गठबन्धन सरकारको नेतृत्व गर्दै छिन्’, ‘अभिनेतृ गौरी मल्लले भनिन्– ‘सिंहदरबारको दोस्रो चरणको शृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु । त्यो पनि देश साँच्चिकै बृहत राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा ।

निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछु ।’ यो दोस्रो शृंखलाले सिंहदरबारको पर्खाल भित्र हुने राजनीतिक दृश्यलाई दर्शक सामु ल्याउने र चुनौतीको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक संस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहलाई उजागर गर्ने गौरीको भनार्इ छ ।
नेपाल समाचारपत्रबाट

Logo