‘छक्कापञ्जा ३’ मा पुष्पल खड्काको इन्ट्री (भिडियोमा)

‘छक्कापञ्जा ३’ मा पुष्पल खड्काको इन्ट्री (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

‘छक्का पञ्जा’को तेस्रो सिक्वेल ‘छक्का पञ्जा ३’को छायाँकन सुरु भएको छ । बैशाख २८, शुक्रबार बिहान भक्तपुर स्थित सुर्यबिनायक मन्दिरमा चलचित्र युनिटले पुजा गरि छायाँकनको सुरुवात गरेको हो ।

दिपक–दीपाको चलचित्र भन्ने बित्तिकै कलाकारहरु को को छन् भनेर गेस गर्न सकिन्छ । तर यस पटक केही भिन्नता आएको छ । अभिनेता दिपकराज गिरीको अपोजिटमा प्रियंका कार्की लाई अभिनेत्री दिपिका प्रर्साइले रिप्लेस गरेकी छन् । त्यसको अर्थ चलचित्रमा प्रियंका कार्की छैनन भन्ने होइन । त्यसैगरी चलचित्रमा अभिनेता स्वरुप पुरुष ढकाल आउट भएका छन भने अभिनेता पुष्पल खड्का इन भएका छन् ।

दिपाश्री निरौलाले निर्देशन गने चलचित्रलाई दिपकराज गिरी, सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपानले निर्माण गर्ने छन् । हेर्नुहोस् भिडियोमा –

 

Logo