काठमाडौँ

द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनी माथि लागेको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । "/>

पाँच लाख धरौटीमा छुटे द्वन्द्व निर्देशक राजेन्द्र खड्गी

पाँच लाख धरौटीमा छुटे द्वन्द्व निर्देशक राजेन्द्र खड्गी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनी माथि लागेको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेश विरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाई पछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।

एउटा वृत्तचित्र निर्माण गर्ने र त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गी माथि लागेको थियो । ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा जेल जानु परेको थियो ।
राजधानीबाट

Logo