काठमाडौं । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । लामो समय देखि कोलोन क्यान्सरबाट ग्रसित श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन भएको छ । "/>

मदनकृष्ण श्रेष्ठमाथि ठूलो बज्रपातः पत्नी यशोदाको निधन

मदनकृष्ण श्रेष्ठमाथि ठूलो बज्रपातः पत्नी यशोदाको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । लामो समय देखि कोलोन क्यान्सरबाट ग्रसित श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन भएको छ । नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्ष देखि उपचाररत यशोदाको ६७ वर्षको उमेरमा सोमबार १०ः४५ बजे राति अस्पतालमै निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी यशोदा र मदनकृष्णबीच ३५ वर्षअघि अन्तर्जातिय बिहे भएको थियो । २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदाले ३-४ बर्षको प्रेमपछि विवाह गरेका थिए ।

 

Logo