काठमाडौं

कृ फिल्मका निर्माता सुवास गिरी संझना फिल्मको गित चोरेको आरोपमा पक्राउ परेका छन । "/>

गित चोरीको आरोपमा कृ फिल्मका निर्माता पक्राउ !

गित चोरीको आरोपमा कृ फिल्मका निर्माता पक्राउ !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कृ फिल्मका निर्माता सुवास गिरी संझना फिल्मको गित चोरेको आरोपमा पक्राउ परेका छन । ०४३ सालमा बनेको संझना फिल्ममा समावेश गित उकालीमा अघि अघि गित चोरी गरेको भन्दै उक्त फिल्मका निर्माता शंम्भु प्रधानले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

प्रधानले आफ्नो अनुमति बिना उक्त गित चोरी गरेको उजुरी गरेपछि गिरीलाई प्रतिलिपि अधिकार ऐन ०५९ को दफा २५ (१) (क) अनुसार कारवाही हुने परिसरले जनाएको छ । परिसरका अनुसार अभियोग प्रमाणित भएमा गिरीले निवेदक पक्षलाई २ लाख जरिवाना वा ६ महिना सम्म कैद हुन सक्ने छ ।
नेपाल समाचारपत्रबाट

Logo