२ करोडको हरर सुनकेसरी (भिडियोमा)

२ करोडको हरर सुनकेसरी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

रीचा शर्माले निर्माण गरेको चलचित्र ‘सनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

बिजी इन्टरटेन्टमेन्ट, रिचा शर्मा फिल्म्स र द पिक पिक्चर्सको संयुक्त लगनीमा निर्माण भएको चलचित्र हरर जनराको रहेको छ । यस फिल्मको सम्पूर्ण छयाँकन अष्ट्रेलियामा गरिएको हो । सुनकेसरी सम्पूर्ण रूपमा विदेशी प्राविधिक राखेर निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो । निर्माण पक्षका अनुसार चलचित्रमा सम्पूर्ण प्राबिधिकहरु हलिउड र अष्ट्रेलियन फिल्म उद्योगका रहेका छन् ।

चलचित्रमा रीचा शर्मा, रबिन्द्र झा, सन्नी ढकाल, भीम न्यौपाने लगायत कलाकारको मूख्य भूमिका रहेको छ । अर्पन थापाले निर्देशन गरेको यो चलचित्रको बजेट २ करोड रहेको छ । चलचित्र जेष्ठ ११मा प्रर्दशनमा आउने जानकारी निर्माण पक्षले गरएको छ ।

चलचित्रलाई निकै नै मेहेनत गरेर बनाएको र बनाउँदा भूतसँग सम्बन्धित धेरै घटना घटेको निर्मात्री तथा चलचित्रकी नायिका रीचा शर्मा बताउँछिन ।

Logo