काठमाडौं
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्न चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको छ । "/>

सलमानलाई नेपाल नजान भारतीय मिडियाहरुको दवाब !

सलमानलाई नेपाल नजान भारतीय मिडियाहरुको दवाब !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्न चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको छ ।

भारतीय सञ्चार माध्यमहरुले सलमान खानलाई नेपाल नजान दवाव दिएका हुन् । भारतका चर्चित मिडियाहरु हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डिया लगायतले खानलाई नेपाल नजान भन्दै समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विप्लव नेतृत्वको नेकपाले खानको फागुन २६ गते हुने दवङ टुर नेपाल कन्सर्ट रोक्न चेतावनी दिएको भन्दै ती मिडियाले सलमानलाई नेपालमा नजान भनेका हुन् । मंगलबार मात्रै नेकपाको सांस्कृतिक मोर्चा संगठन जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउँदै खानलाई नेपाल नजान भनेका हुन् ।

आउँदो २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम यस अघि नै तय भइसकेको छ । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीले मदिराको बजार प्रवद्र्धनका लागि सलमानलाई नेपाल ल्याउन लागेको बुझिएको छ । नेपाली कलाकारको अवमूल्यन गरी मदिराको प्रवद्र्धन गर्न गोरखा ब्रुअरीले भारतीय कलाकार ल्याएर नेपालको संस्कृति माथि अतिक्रमण गरेको भन्दै विरोध पनि शुरु भएको छ ।

खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृति माथीको ठूलो अपमान समेत भएको जनसांस्कृतिक महासंघले बताएको छ । नेपालमा भूकम्प जाँदा सहानुभूतिमा एक शब्द पनि नखर्चिने खानको कार्यक्रम हेर्न हजारौंको टिकट काट्नु पर्ने हुन्छ । यसरी देशको संस्कृति माथि नै धावा बोली बिदेशी रक्सीको प्रवर्द्धन गर्ने खालको उनको कार्यक्रम रोक्न चौतर्फी दवाब आइरहेको बेला यता गोरखा ब्रुअरीले भने सेनाको सुरक्षा आडमा उक्त कार्यक्रम गरि छोड्ने अडान लिएको छ यसले उनिहरुको स्वाभिमान माथि नै प्रश्न चिन्ह उठाएको छ ।

Logo