यी अभिनेत्रीले गराइन् पोल डान्स फोटोसूट, कारण दुखलाग्दो

यी अभिनेत्रीले गराइन् पोल डान्स फोटोसूट, कारण दुखलाग्दो

केन्द्रबिन्दु
0
Shares

‘जोधा अकबर’ मा रुकैया बेगमको भूमिका खेल्ने अभिनेत्री हुन् उनी । उनले ‘कलयुग’ र ‘ये मेरा इन्डिया’ मा पनि काम गरिसकेकी छिन् । उनको नाम हो, स्माइली सूरी ।

स्माइली अहिले चर्चामा छिन् । कारण हो, उनको पोल डान्स फोटोसूट । पोल डान्सलाई कामुक नृत्य मानिन्छ । उनले कालो शर्ट र टी सर्टमा पोल डान्स गरेको पोजमा फोटो खिचाएकी छिन् । तर, उनले मनोरञ्जनका लागि मात्र यस्तो फोटोसूट गराएकी होइनन् । पोल डान्स फोटोसूट गराउनुको पछाडि दुखलाग्दो कथा छ ।
भनिहालौ, सूरी डिप्रेसनबाट ग्रस्त छिन् । अहिले उनी डिप्रेसनबाट बाहिर आउने प्रयासमा छिन् ।

सूरीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘पछिल्लो समय म एकदमै खराब अवस्थाबाट गुज्रिएँ । जब मेरो पापा र हजुरआमा वित्नुभयो । यसका साथै मेरो जीवनमा पनि निकै समस्या भयो । म स्वंम एक्लो महसुष गर्न थालें । डिप्रेसनमा परें । एक समय यस्तो पनि आयो कि, म एकदमै निरास थिएँ । उदास थिएँ । मसँग खुसी नै थिएन । मलाई थाहा थिएन अब के गर्नुपर्छ । विस्तारै विस्तारै महसुष भयो कि, मैले यस्तो अवस्थाबाट बाहिर आउनैपर्छ । त्यही कारण मैले पोल डान्सरको रुपमा काम गर्ने निर्णय गरें ।’

Logo