काठमाडौं
निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टार फिल्म कृले रिलिजमा आएको एक सातामा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ । "/>

अनमोल अभिनित फिल्म ‘कृ’ ले कमायो एक सातामै साँढे ५ करोड !

अनमोल अभिनित फिल्म ‘कृ’ ले कमायो एक सातामै साँढे ५ करोड !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टार फिल्म कृले रिलिजमा आएको एक सातामा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ । फिल्मको निर्माण संस्थाले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कृले ६ दिनमा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको जानकारी गराएको हो ।

फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीले फिल्मले ६ दिनमा देशभरका १ सय १८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्सन गरेको बताए । निर्माता गिरीका अनुसार फिल्मले ५ करोड ५० लाख ग्रस कलेक्सन गर्दा आफ्नो हातमा २ करोड ४० लाख पर्ने खुलाए । फिल्मको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेकाले कृले हाल सम्म ३ करोड ७० लाख रुपियाँ निर्माताको हातमा सुरक्षित गरेको बताए । उनका अनुसार फिल्म निर्माणमा साँढे ३ करोड भन्दा बढी लगानी भएको छ । निर्माता गिरीले दोस्रो सातामा पनि फिल्म ८० वटा हलमा चल्ने बताए । फिल्ममा अनमोल र अदितीका साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राना, लक्ष्मी गिरी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

Logo