भर्खरै डिभोर्स गरेका ५ सेलिब्रेटी (भिडियोमा)

भर्खरै डिभोर्स गरेका ५ सेलिब्रेटी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

कला क्षेत्रमा मिलन र बिच्छोडका समाचारले धेरै महत्व पाउँछन् । तर यस्ता समाचार बग्रेल्ती रुपमा आएको आयै हुन्छन् । यस्ता समाचार यतिधेरै आउँछन् कि भर्खरैको कुरा गर्ने हो भने पनि ५ जोडीले सम्बन्ध बिच्छेद गरेको समाचार आएका छन् । आजको हाम्रो रिपोर्ट भर्खरै डिभोर्स गरेका ५ सेलिब्रेटीहरुको हो ।

 

१. मनोज गजुरेल र मिना गजुरेल
– हास्य कलाकार मनोज गजुरेल र मिना ढकालले २२ बर्षे बैबाहिक सम्बन्धलाई अन्त्य गरे । बि.सं. २०५३ सालमा बैबाहिक जीवनमा बाँडिएका उनीहरुले बैचारिक मतभेद भन्दै दाम्पत्य सम्बन्धलाई अन्त्य गरेका हुन । उनीहरुका २० बर्षका एक छोरा र १३ बर्षीय एक छोरी छन् । अहिले मनोज छोरासँग बाल्कोटस्थित घरमा बसिरहेका छन भने मिना छोरीसँग बानेश्वरमा बसिरहेकी छिन् । डिभोर्सलाई मनोजले ह्याप्पी इन्डिङ भनेका छन भने मिनाले पारिवारिक बेमेल भएको वताउदै आएकी छिन् । अहिले मनोज विभिन्न देशमा आफ्नो प्रस्तुति दिँदै हिडिरहेका छन् भने मिना बुटिक सँचालन गरेर बसेकी छन् ।

२. मिलन अमात्य र मेन्सन अमात्य
– गायिका मिलन अमात्य र मेन्सन अमात्यबीच पनि यसै बर्ष सम्वन्ध बिच्छेद भयो । उनीहरु करिब ६ बर्ष अघि बिबाह बन्धनमा बाँधिएका थिए । मेन्सनले आप्mनो ब्यवसायमा मिलनले साथ नदिएको बताएका छन भने मिलनले भने आप्mनो सांगीतिक यात्रालाई निरन्तरता दिन डिभोर्स गरेको बताउदै आएकी छन् । तर मिलनको एक गायकसँगको सम्वन्धका कारण दामपत्य जीवन टुंगिएको बताइन्छ । उनीहरुले गत असोजमा डिभोर्स गरेका हुन ।

३. रिमा बिश्वकर्मा र रोबोट बिश्वकर्मा
– अभिनेत्री रिमा बिश्वकर्मा र रोबोट बिश्वकर्माको पनि यसै बर्ष डिभोर्स भयो । दुई बर्षअघि बेलायतमा बस्दै आएका रोबोट बिश्वकर्मसँग रिमाले धुमधामसँग स्टार होटलमा भब्य भोज आयोजना गरी लगनगाँठो कसेका थिए । यो जोडीले आपसी समझदारीमै अलग भएको बताउँदै आएका छन । उनीहरुबीच गत एक बर्षदेखि नै आन्तरिक कलह थियो । स्मरण होस् रिमासँग डिभोर्स गरेको भोलिपल्ट नै रोबोटले मोडल बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका थिए ।

४. निलम ढुंगाना र देबेन्द्र बस्नेत
– नृत्यांगना नीलम ढुंगाना र देबेन्द्र बस्नेतको जोडीले पनि केही समयअघि मात्रै दाम्पत्य सम्वन्ध तोड्ने घोषणा गरेका छन् । आफू कलाकारिताका क्रममा समाजमा घुलमिल हुनुपर्ने तर आफ्नो श्रीमानको बढी शंका गर्ने बानी भएको भन्दै निलमले सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत मोरङमा फिरादपत्र दर्ता गराएकी छन् । फिरादपत्रमा उनले देबेन्द्रबाट आप्mनो ज्यान जोखिममा रहेका भन्दै जिउ ज्यान सूरक्षाको समेत माग गरेकी छन् । निलम हाल आप्mनो ६ महिनाकी छोरीसँग माइतीमा नै बस्दै आएकी छन् । उनीहरु १० बर्षअघि बैबाहिक सम्बन्धमा गाँसिएका थिए ।

५. तेजुला खतिवडा र सुमनराज बस्नेत
– यसै बर्ष बैबाहिक सम्बन्ध तोडेका अर्का सेलिबे्रटी हुन तेजुला खतिवडा । गत बर्षको फागुन ७ गते सुमनराज बस्नेतसँग बैबाहिक सम्वन्धमा गाँसिएका तेजुलाको हालै कानूनी प्रक्रिया पूरा गरि सम्बन्ध विच्छेद गरेका हुन् । जापानमा बस्दै आएका उनका पति बस्नेत कानूनी ब्यवसायी हुन । तेजुलाले द मस्ट वाण्टेड, दुस्मन दुनिया, जस्ट फर यू लगायतका आधा दर्जन फिल्म र केही म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकीछन ।

 

Logo