मोडल अभिनेत्री तेजुलाको १ वर्षमै डिभोर्स

मोडल अभिनेत्री तेजुलाको १ वर्षमै डिभोर्स

केन्द्रबिन्दु
0
Shares

मोडल एवं अभिनेत्री तेजुला खतिवडाले श्रीमान सुमनराज बस्नेतसँग डिभोर्स गरेकि छिन् । विवाह गरेको एक वर्ष नवित्दै यो जोडीले अलग्गिने निर्णय गरेको हो । गत वर्षको फागुन ७ गते भव्य विवाह गरेका यो जोडीले आपसी मनमुटाव बढ्दै गएपछि सम्बन्ध विच्छेदको बाटो रोजेका हुन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेको बताइएको छ । तेजुला निकटस्थ स्रोतका अनुसार विवाह लगत्तै उनीहरुको सम्बन्धमा चिसोपन बढेको थियो । एकले अर्कालाई शंका गर्न थालेपछि वैवाहिक जीवन सुखद हुन सकेको थिएन् । देश विदेशका कार्यक्रममा तेजुलाको सक्रियता बढ्दै गएकोमा उनका श्रीमान खुशी थिएनन् ।

जापानमा बस्ने सुमनराज आफैं पेशाले कानुन व्यवसायी हुन् । विवाह अगाडि उनीहरु नजिकका साथी थिए तर विवाह पश्चात उनीहरुको मित्रतामा समस्या उत्पन्न भएको थियो । जस्ट फर यु, द मोस्ट वान्टेड, दुस्मन दुनियाँ लगायत चलचित्रमा काम गरेकि अभिनेत्री तेजुलाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकि छिन् ।

Logo