काठमाडौँ ।

१ करोड ६० लाख लागतमा निर्माण हुन लागेको नेपाली चलचित्र जय भोलेको छायांकन आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । "/>

१ करोड ६० लाखमा ‘जय भोले’: खगेन्द्र लामिछानेको कथा, अशोक शर्माको निर्देशन

१ करोड ६० लाखमा ‘जय भोले’: खगेन्द्र लामिछानेको कथा, अशोक शर्माको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

१ करोड ६० लाख लागतमा निर्माण हुन लागेको नेपाली चलचित्र जय भोलेको छायांकन आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ ।

निर्माता निर्देशक तथा अभिनेता अशोक शर्माको निर्देशनमा बन्ने चलचित्रको छायांकन शिवरात्रीबाट सुरु हुने एक कार्यक्रमकाबीच जानकारी दिइएको छ ।

झापा र इलाममा छायांकन हुने जय भोले आगामी दशै फुलपातिमा सिनेमा हलमा रिलिज हुने बताइएको छ ।

किरण शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गर्न लागेको उक्त चलचित्रमा खगेन्द्र लामिछानेको कथा, पटकथा र सम्बाद रहेको छ । संगित राजनराज सिवाकोटी र कल्याण सिंहको रहने छ । राजेशपायल राई, मेलिना राई र राजनराज सिवाकोटीको गायन रहनेछ भने डा. कृणहरी बरालले गित लेखेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, बसुन्धरा भुषाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी (मुलाको साग), किशोर भण्डारी (डिठ्ठा साव्) र अशोक शर्मा लगायतको अभियन रहने छ ।

एउ ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ढ प्रालिको व्यानरमा बन्ने उक्त चलचित्रमा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथावस्तु समेटिने छ ।

Logo