गाउँले मन पर्दैन मैले भनेकै छैन – साम्राज्ञी राज्यलक्ष्मी शाह

गाउँले मन पर्दैन मैले भनेकै छैन – साम्राज्ञी राज्यलक्ष्मी शाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले आफूले कहिल्यै नभनेको र सोच्दै नसोचेको विषयलाई प्रतिष्ठित भनिएको समाचार संस्थाले झुटो समाचार लेखेर आफूलाई अनावश्यक तनाब दिएको बताएकी छिन् । सामाजिक संजालमा उक्त समाचारको खण्डन गर्दै सामाज्ञीले आफ्ना शुभ चिन्तकहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् । उनका बारेमा एक प्रतिष्ठित दैनिक पत्रिकाले साम्राज्ञीलाई “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा समाचार लेखेपछि उनले आफूले यस्तो कुरा कहिल्यै नभनेको र नसोचेको भन्दै उक्त समाचारको खण्डन गरेकी हुन् । यसै विषयमा उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छिन् :-

“मेरा आदरणीय दर्शक महानुभावहरु तथा हाम्रो फिल्म क्षेत्रका सम्पूर्ण अग्रज एबं समकालीन साथिहरुमा म साम्राज्ञीको तर्फबाट नमस्कार । केहि दिन देखि म फिल्म शुटिंगको शिलसिलामा देश बाहिर रहेको अवस्थामा नेपालमा मैले बोल्दै नबोलेको र मैले अहिले सम्म सोच्दै नसोचेको कुरालार्इ समाचार बनाएर सम्प्रेषण गरिएको र उक्त समाचार सामाजीक संजालमा निकै भाइरल भईरहेको कारण मलार्इ अनावस्यक तनाव भईरहेको छ । साम्राज्ञीलाइ “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत संदेश दिन पुगेको कारण मेरा दर्शकहरुको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिकाहरु उत्तिकै प्यारा लाग्छन र ति भूमिकाहरु निर्वाह गर्न पाए मैले केहि नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ । त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषालार्इ उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केहि कामको चाप अनि समयको अभाव र कार्य व्यस्तताको कारण मैले आफुलाई आएका केहि अफरहरुमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजि मामला थियो । स्क्रिप्ट मन परेको थियो काम गर्ने टीम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन । मैले मलार्इ दिईएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलार्इ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन र कुनै वार्तालाप कुनै मिटिंग या कुनै समारोहमा मैले “मलार्इ गाउँले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेशलार्इ उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किसिमका जीवनशैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु । सबै भन्दा दुःखको कुरा चर्चित न्युज पोर्टलमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार मित्रहरुले यस बिषयमा मेरो बिचार जान्ने या सत्यता प्रमाणित गरेर मात्र समाचार छाप्ने आफ्नो साधारण जिम्मेवारी सम्म पुरा गर्दिनु भएन त्यसमा मलार्इ अत्यन्तै दुःख लागेको छ । म मेरा सम्पूर्ण दर्शकवृन्द एबं शुभचिन्तकहरुमा यो आग्रह गर्न चाहन्छु कि ‘गाउले मन पर्दैन’ भन्ने मेरो भनिएको अभिव्यक्ति मैले दिएको होइन । कसले आफ्नो व्यक्तिगत फाइदाको लागि यो शिर्षकको प्रयोग सुरु गर्यो या कसले कुन प्रमाणको आधारमा त्यो समाचार छाप्यो त्यो उनीहरु नै जानुन –मेरा शुभचिन्तकहरु भ्रममा पर्नु हुने छैन र मलार्इ निरन्तर उत्तिकै माया गरि रहनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।” -साम्राज्ञी

Logo