लिलिविलिको सिको गर्दै कृ स्कटल्याण्डमा

लिलिविलिको सिको गर्दै कृ स्कटल्याण्डमा

केन्द्रबिन्दु
0
Shares

प्रदर्शनको मिति घोषणा गरिसकेको चलचित्र कृको सुटिङ युनिट एक गीतको छायांकनमा स्कटल्याण्ड गएको छ । चलचित्र कृले यहि माघ २६ गते सार्वजनिक प्रदर्शन हुने घोषणा गरिसकेको छ ।

स्कटल्याण्डमा कृको एक रोमान्टिक गीतको छायांकन गरिने युनिटले जनाएको छ । यद्यपी नेपाली फिल्मी बजारमा हल्ला चलेको हल्ला अनुसार चलचित्र लिलिबिलीको इज इट लभ गीत स्कटल्याण्डमा छायांकन भएपछि कृ टिमले पनि रिलिजको पूर्वसन्ध्यामा एउटा गीतको सुटिङका स्कटल्याण्डमै गर्ने निर्णय गरेर उडेका हुन् ।

शुक्रवार राती चलचित्रका निर्माता सुवास गिरी, भुवन केसी, कोरियोग्राफर विक्रम लामा र अभिनेता अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी बेलायतका लागी उडेका हुन् । चलचित्रको टिमसँगै अभिनेत्री जिया केसीपनि साथमा गएकी छिन् । जिया उक्त चलचित्रसंग आबद्ध नभएपनि भुवन केसीको रहरमा लागेको चर्चा रहेको छ ।

सामाजिक सञ्जालमा यसरी उडाइयो मजाक
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्ने क्रममा भुवन केसीले हामी ईङ्गल्याण्डको स्कटल्याण्ड जाँदैछौं भन्ने अभिव्यक्तिलाई हाँसी मजाक बनाइयो ।

अहिले फेसबुक ट्वीटरहरुमा सुपरस्टार अभिनेता भुवन को ट्राभलिङ टु स्कटल्याण्ड अफ ईङ्गल्याण्ड, अरुले जे खिच्यो हामी त्यही किन खिच्नु, त्यसैले हामीले नयाँ कुरा खिच्न हुँदै नभाको ठाउँ ईङ्गल्याण्डको स्कटल्याण्ड जाँदै छौ, बुडो ईङ्गल्याण्डको स्कटल्याण्ड जाने रेन्त, अनमोल एण्ड अदितीको ड्युट सङ्गका लागी जस्ता ट्रोलहरु भाइरल बनिरहेका छन् ।

Logo