विवादित चलचित्र 'पद्मावत'को बिहीवार सार्वजनिक प्रदर्शन शुरु भएपछि भारतभर हंगामा भएको छ ।

भारतीय चलचित्र निर्माता सञ्जय लीला भन्सालीको चर्चित यो फिल्मको चर्को बिरोधपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। "/>

‘पद्मावत’मा के छ त्यस्तो जसले भारतभर हङ्गामा मच्चायो, ठाउँ ठाउँमा झडप (हेर्नुहोस् ट्रेलर)

‘पद्मावत’मा के छ त्यस्तो जसले भारतभर हङ्गामा मच्चायो, ठाउँ ठाउँमा झडप (हेर्नुहोस् ट्रेलर)

केन्द्रबिन्दु
0
Shares

विवादित चलचित्र ‘पद्मावत’को बिहीवार सार्वजनिक प्रदर्शन शुरु भएपछि भारतभर हंगामा भएको छ ।

भारतीय चलचित्र निर्माता सञ्जय लीला भन्सालीको चर्चित यो फिल्मको चर्को बिरोधपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।’पद्मावत’ पाँच हजारवटा चलचित्रघरमा प्रदर्शन भइरहेको छ। तर एउटा कट्टर हिन्दुवादी समूह करणी सेनाको विरोध प्रदर्शनका कारण चारवटा राज्यमा यो चलचित्रको सार्वजनिक प्रर्दशनी गरिएको छैन। कतिपय स्थानमा हिंसात्मक विरोध प्रदर्शन भएका छन्। बुधवार हरियाणाको गुरुग्राममा एउटा स्कुल बसमाथि ढुङ्गा प्रहार गरिएको थियो। त्यसलाई लिएर ठूलो आक्रोश उत्पन्न भएको छ।

गुरुग्रामका अतिरिक्त राजधानी दिल्ली वरपरका शहरी इलाकामा हिंसाको डरले कैयौं विद्यालय बन्द गरिएका छन्। कैयौं चलचित्र घर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएका छन्।उत्तराखण्ड र राजस्थानमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएका छन्। 

१४ औं शताब्दीकी एक हिन्दु रानी र मुस्लिम शासकको कथा चलचित्रमा समेटिएको छ ।

Logo