यी हुन कलाकारले साँच्चिकै सेक्स गरेका १२ चलचित्र (नामसहित )

यी हुन कलाकारले साँच्चिकै सेक्स गरेका १२ चलचित्र (नामसहित )

केन्द्रबिन्दु
0
Shares

तपाइलाई पत्याउन गाह्रो होला तर यो सत्य हो । हामीले हेर्ने धेरैजसो चलचित्रहरुमा देखाइएका सेक्स सिनहरु प्राय झ्टा हुन्छन् । तर केही यस्ता चलचित्र छन्, जुन चलचित्रहरुमा साच्चिकै सेक्स गरेका छन् । कलाकारहरुले रियल सेक्स गरेका ती चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन् ।

यी हुन कलाकारहरुले साँच्चै सेक्स गरेका १२ चलचित्रहरु

१. ९ संगस्

सन् २००४ मा बेलायतमा बनेको चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रमा तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

२. लभ

गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

३. एनाटोमी अफ हेल

चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

४. इन द रेलम अफ सेन्सेस

इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।

५. पोला एक्स

धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

६. सर्टबस

सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक फरक यौनिक विविधता भएका मानिसहरुको बारेमा रहेको छ ।

७. लभ एक्चुअल्ली सक्स

लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।

८. स्कार्लेट दिभा

स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।

९. थ्रो द लुकिङ ग्लास

यो चलचित्र आजभन्दा करिब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।

१०. पिंक फ्लेमिंगोस

पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको सुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृष्यहरु ।

११. स्वीट मुभी

यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।

१२. गाण्डु

निकै विवादित बनेको यो भारतीय चलचित्र कलाकारहरुले साँचैको सेक्स गरेको चलचित्रहरुको सूचीमा परेको छ । एक जना संगीत प्रेमी युवा गाण्डुको कथामा बनाइएको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेको देखाइएको छ । यो भारतमा प्रतिबन्धित चलचित्र हो । एजेन्सी

Logo