दिपीका, साम्राज्ञी, सारा र भुवनका ४ गसिप (भिडियो रिपोर्ट)

दिपीका, साम्राज्ञी, सारा र भुवनका ४ गसिप (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

दिपीका किन एउटैमा सीमित ?
चलचित्र ऐश्वर्यबाट चर्चामा आएकी थिइन अभिनेत्री दिपिका प्रर्साइ । चलचित्र हिट भयो–भएन त्यसको जवाफ अभिनेता रमेश उप्रेतीसँग छ । तर, त्यस चलचित्रकी अभिनेत्री दिपीका प्रसाईं चाहिं साँच्चै हिट भइन् । सुन्नमा आएको कुरा पत्याउने हो भने आजका मितिमा उनी विज्ञापनहरुमा ब्यस्त छिन् । उनलाई विज्ञापन खेलाउन अफर गर्नेहरुको लाइन लामै छ । त्यसैगरी दिपीकालाई फिल्म खेलाउन चाहानेहरु पनि धेरै छन् । दिपीकाका नजिककाहरु भन्छन्– ‘उनले फिल्मको ‘स्क्रिप्ट रिजेक्ट’ गरेको गरै गरेकी छन् ।’

दिपीकाले इन्ट्रि मारेको फिल्म ऐश्वर्यको चर्चा भएको पनि निकै समय भइसक्यो । अहिलेसम्म त दिपीका फिल्म क्षेत्रमा लगभग ताजा नै छिन् । तर, उनको ‘स्क्रिप्ट रिजेक्ट’ शृङखला यसैगरी लामो समयसम्म टाँगिने हो भने उनले अर्को फिल्म नपाई यस क्षेत्रवाट हात धुनुपर्ने पनि हुनसक्छ । फलाम तातेकोवेला घन बजार्न ढिलो भयो भने सोचेको हतियार बन्दैन । त्यसकारण दिपीका जी, एउटै फिल्मले पुगेको हो भने त ठिकै छ । होइन भने रेल छुट्ला । एउटा फिल्मी उखान छ, एक पटक रेल छुट्यो भने फेरि फर्केर आउँदैन ।

साम्राज्ञीको भिसा किन रिजेक्ट ?
समाचार आयो, सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डन उड्ने । फेरि समाचार आयो, साम्राज्ञी लण्डन नजाने । किनभने उनको भिसा नै लागेन । समाचार यत्तिमै सकिएन । फेरि समाचार पहिलाकै जसरी नै आयो, साम्राज्ञी लण्डन जाने नै भइन । कुरो के भने दर्शकबृन्द्ध, चार पटकको संघर्षपछि साम्राज्ञी लण्डन उड्न सफल भएकिछन् । दुई पटक नेपालवाट एप्लाइगर्दा समेत नभएपछि दिल्लीवाट प्रयास गरेपछि उनी लण्डन उड्न सफल भएकि हुन् । दर्शकबृन्द्ध उनलाई दिल्लीवाट भिसा लाग्न पनि दुई पटक नै संघर्ष गर्नु परेको थियो ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छयाँकनको लागि उनी लण्डन गएकि हुन् । यसअघि उनलाई अस्ट्रेलियामा फिल्म प्रदर्शन गरेर फर्केको अनुभव छ । देशविदेशमा सुटिङ गर्न जाँदै–आउँदै गरेकी यी सुन्दरी, खान्दानी र संभावना बोकेकी अभिनेत्रीलाई एक चोटी हैन, दुई चोटी होइन, ४–४ पटकसम्म किन नपत्याएको होला बेलायतले ? अरुलाई के लागेको छ कुन्नी, तर उनलाई भिसा नदिएकोमा चलचित्र क्षेत्र चाहिं तीन छक्क परेको छ ।

सारा सिर्पाली किन फेरि निखिलसँग ?
अभिनेता निखिल उप्रेतीसँग चलचित्र रुद्र गरेर रातारात चर्चामा आउछु भन्ने सपना देखेकी थिइन् नायिका सारा सिर्पालीले । तर उनको सोचाई त्यसवेला गलत सबित भयो, जतिवेला रुद्र चलेर हलवाट उत्रियो । किनभने यस चलचित्र र निखिल उप्रेतीसँग जोडिएर उनको चर्चा नै हुन सकेन । न उनको रुपमको चर्चा भयो, नत अभिनयको ।

अभिनेता निखिल उप्रेती जुन फिल्ममा हुन्छन्, ती फिल्ममा आजसम्म हिरोइनको चर्चा भएको कसैलाई थाहा छैन । जस्तो, यसअघि निखिलसँग स्क्रीन शेयर गरेका बेनिशा हमाल, अनु शाह, निशा अधिकारी लगायतका हिरोइनहरुले पारिश्रमिक वाहेक केही हात नलागेको अनुभव गरिसकेका छन् । त्यती हुँदा हुँदै पनि सारा फेरि अर्को फिल्म निखिलसँगै गर्दैछिन् । उनले निखिलसँग अभिनय गरेको फिल्मको नाम हो, ‘पिञ्जडा ब्याक अगेन’ । यो फिल्मको रिजल्ट कस्तो आउँछ ? यस प्रश्नको जवाफकोलागी माघ ४ गतेसम्म पर्खिनै पर्छ । र, त्यसपछि नै साराले निखिलसँगको अर्को अनुभव प्राप्त गर्नेछिन् ।
नेपालीमा एउटा उखान छ, ‘आगोको घाऊ आगैमा सेक्नु पर्छ ।’ के साराले यही उखानलाई चरितार्थ गर्न खोजेकी हुन् ? जवाफ खोज्ने जिम्मा तपाईं दर्शकको हातमा ।

भुवन केसी छोराका पीए ?
सदाबहार नायकको पगरी भिरेका नायक भुवन केसी अहिले के गर्दैैछन ? सबैले उनी चलचित्र ‘कृ’को प्रमोशनमा ब्यस्त रहेको अड्कल काट्नु होला । ठिकै पनि हो, निर्मातालाई फिल्म रिलिजको चटारो हुन्छ नै । तर उनी ‘कृ’ को प्रमोशनमा भन्दा छोरा अनमोलको प्रमोशनमा बढी सक्रिय छन् भन्यो भने पत्याउनु हुन्न होला । तर सत्य यही नै हो ।

तपाई आफ्नो फिल्ममा अनमोललाई खेलाउन खोज्दै हुनुहुन्छ भने अनमोलसँग कुरा गरेर हुँदैन भनेर ढुक्क हुनुहोस् । तपाईले अनमोलका पिता तथा पाका अभिनेता भुवनसँगनै कुरा गर्नु पर्ने हुन्छ । अनमोललाई फिल्म खेलाउने मात्र होइन, पारिश्रमिकको विषयमा समेत पिताले डिसिजन गर्नु पर्ने हुन्छ । कतै विदेशको कार्यक्रममा लान पनि उनकै पिताको ढोका ढक्ढक्याउनु पर्छ । अनमोललाई कसैले सिधैं भेट्ने सोच्नु भएको छ भने यो प्राय ः असंभव छ । किनभने वीचमा पिता केसीले उभिने ‘स्पेस’ नपाउञ्जेलसम्म पुत्र केसीलाई भेट्ने कल्पना नगरे हुन्छ । यही ब्यवहार देखेकाहरु भुवनलाई अनमोलको पिए अर्थात ‘पर्सनल सेक्रेटरी’ पनि भन्छन् । तर उनलाई पिएभन्दा पनि अनमोलको मेनेजर भन्यो भने गलत नहोला । उनी छोराको सल्लाहकार र पथप्रदर्शक पनि हुँदै हुन् । भनिन्छ, उनकै सल्लाहमा अनमोल फिल्म क्षेत्रका अनमोल हुन सफल हुँदै आएका छन् । मेघास्टारको उपाधी पाएका छोरा अनमोललाई यसरी डोहोर्याउँदा डोहोर्याउँदै भुवन ‘दा’ को समय कतिवेला सकिन्छ थाहै हुन्न । फेरि भएन उनले आफैं पनि रोमाण्टिक भएर हिड्नै परो । अनी उनलाई कहाँ समय बाँकी रहन्छ त फिल्म ‘कृ’ को प्रमोशन गर्न ?

 

Logo