प्रदिप र प्रियंकाको ‘लिलिबिली’ अब बैशाख १४ मा मात्रै

प्रदिप र प्रियंकाको ‘लिलिबिली’ अब बैशाख १४ मा मात्रै

केन्द्रबिन्दु
0
Shares

चलचित्र लिलिबिली अब बैशाख १४ गतेमात्रै रिलिज हुने भएको छ । यसअघि चैत्र ३० गते रिलिज मिति तय गरेको टिमले निर्माण टिमले चलचित्रको पोष्ट प्रोडक्सनको काममा केहि ढिलाई भएकाले मिति सारिएको बताएको छ ।

तर यो मात्रै चलचित्रको रिलिजको मिति पछाडी सार्नुको कारण भने हैन। नेपाली नयाँ बर्षको अवसर पारेर अप्रिल १४ मा भारतीय प्रतिक्षित चलचित्र ‘२.०’ रिलिज हुदैछ। सो समयमा कुनै पनि नेपाली चलचित्रले रिलिज मिति तय गरेका थिएनन्। लिलिबिलीले पनि उक्त चलचित्रसँग टक्कर लिन चाहेन र आफ्नो रिलिज मिति सार्यो ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्स मिलेर संयुक्त रुपमा निर्माण गरेका छन्।

Logo