‘‘कमेडी क्याफे’मा भद्रगोलकी रक्षा

‘‘कमेडी क्याफे’मा भद्रगोलकी रक्षा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रम ‘कमेडी क्याफे’ को तेस्रो शृङखला अपलोड भएको छ । हाँस्य–ब्यङ्गयको क्षेत्रमा सक्रिय दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रममा प्रमुखको भूमिका निर्वाह गरेका छन् । यस पटक भद्रगोलकी चर्चित कलाकार रक्षा श्रेष्ठ अतिथिको रुपमा ‘कमेडी क्याफे’ आएकिछिन् । उनीसँगको रमाइलो कुराकानीले यस शो लाई रमाइलो बनाएको छ ।

युट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साता प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा –नव नविन खतिवडा र गोपाल भान्जा (भरतमणी पौडेल) ले चर्चित सेलिब्रेटीहरुसँग रमाइलो कुराकानी पनि गर्नेछन् । भरत र नविनको निर्देशन र पटकथामा तयार भएको कमेडी क्याफेलाई दिपेन्द्र रायमाझी र सुजन श्रेष्ठले छायाँकन गरेका छन् । यो हाँस्य श्रृङखलालाई कुशल राईले सम्पादन गरेका हुन् ।

 

Logo