युट्युवमा रुचाइएको ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो भिडियो सहित

युट्युवमा रुचाइएको ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो भिडियो सहित

केन्द्रबिन्दु
0
Shares

दह्याङ राई अभिनित चलचित्र ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो गितको म्युजिक भिडियो युट्युवमा रुचाइएको छ । माघ १२ गते प्रदर्शनमा आउने उक्त चलचित्रको गित अहिलेसम्म २४ लाख २९ हजार ९ सय ९२ ले पटक हेरिएको छ ।

गितमा दह्याङ राई र दिया पुनको अभिनय देख्न सकिन्छ । फिल्म लिली बिली घोषणा गरेका निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ह्यापी डेज माघ १२ गते पदर्शनमा आउने छ ।

चलचित्रको कथावस्तु र गीत एवम् संगीतपक्ष निकै अब्बल रहेको निर्देशक तथा निर्माता मिलन चाम्स बताउँछन् । पैसा कमाउन सपना बोकेर विदेश हिँडेका दुई युवाको संघर्षको कथा बोल्छ, यस फिल्मले । चलचित्रको छायांकन नेपाल, लन्डन, वेल्सर स्कटल्याण्डमा गरिएको हो ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुनलगायत विभिन्न कलाकारको अभिनय छ भने सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतको संयुक्त कथानक छ।

चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत छ भने सम्पादनकार्य अर्जुन जिसीले गरेका छन् । यसैगरी चलचित्रलाई रामकुमार केसीले छायांकन गरेका छन् । चलचित्रमा निर्देशक मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । अशोक बंशल, भवानी शर्मा, हिरालाल जोशी र मिलन चाम्स यस चलचित्रका निर्माता हुन् ।

Logo