‘शेरबहादुर’ माघ १९ मा ‘आउट’ हुने

‘शेरबहादुर’ माघ १९ मा ‘आउट’ हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २१ पुस । अवकाश प्राप्त एक आर्मीको कथामा बनेको चलचित्र ‘शेरबहादुर’ माघ १९ गतेबाट रिलिज हुने भएको छ ।

निडर, शन्की र बलियो पात्र शेरबहादुर फिल्मको मूख्य पात्र हुन् ।  फिल्मको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापाको अभिनय रहेको छ । उनको साथमा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायत रहेका छन् । फिल्म एक्शन, रोमान्स, ड्रामा विद्यामा निर्माण भएको हो ।

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ । फिल्मलाई आर राजवंशिले निर्देशन गरेका हुन् भने निर्माता गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

Logo