फिल्म ‘शत्रु गते’को गीत ‘रुपै मोहनी’ सार्वजनिक (भिडियोसहित)

फिल्म ‘शत्रु गते’को गीत ‘रुपै मोहनी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ पुस ।

फिल्म ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी..’ सार्वजनिक गरिएको छ ।

आगामी चैत्र ९ गतेबाट रिलिज हुने ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीत छायांकनदेखि नै चर्चामा थियो । अंग्रेजी नयाँ बर्ष सन् २०१८ को अवसर पारेर गीत सार्वजनिक गरिएको निर्माणपक्षले बताएको छ ।

गीतमा लोकराज अधिकारीको शब्द र टंक वुढाथोकीको संगीत रहेको छ भने मीना निरौला र स्वयम् टंककै स्वर रहेको गीतको भाका लोकलयमा आधारित छ ।

गीतमा तीन पुस्तालाई देखाइएको छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका चर्चित् कलाकारहरुको नृत्यका कारण पनि यो गीत पहिलेदेखि नै चर्चामा थियो ।

चलचित्रको निर्माण कलाकार किरण केसीले निर्माण र निर्देशन प्रदिप भट्टरार्इले गरेका हुन् ।

Logo