अभिनेत्री जल शाहकी आमाको निधन

अभिनेत्री जल शाहकी आमाको निधन

केन्द्रबिन्दु
0
Shares

कुनैवेलाकी प्रख्यात अभिनेत्री जल शाहलाई मातृशोक परेको छ । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएकि जल शाहकी आमा प्रेमा शाह समेत उनैसँग बस्दै आएकि थिइन् । अमेरिकाको साल्ट लेक सिटि स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा प्रेमाको ७५ बर्षको उमेरमा निधन भएको हो ।

चलचित्र क्षेत्रमा जल शाह जस्तै एकताका प्रेमा शाहको पनि चर्चा हुने गर्थो । उनी कथाकारको रुपमा प्रख्यात थिइन् । त्यसैगरी कविता समेत लेखेर प्रेमाले चर्चा पाएकि थिइन् । उनले लेखेका कथा विश्वविद्यालयमा समेत अध्ययन गर्नु पर्छ ।

तस्बिर – सञ्चारकर्मी सुरेश दर्पण पोखरेलको वालवाट

Logo