महको शत्रुगते अन्तिम चरणमा

महको शत्रुगते अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ पुस । आगामी चैत्र ९ गते प्रदर्शनमा आउने तयारीमा ब्यस्त रहेको चलचित्र शत्रुगतेको आधिकांश छायांकन सकिएको निर्माण पक्षले जानकारी गराएको छ ।

नेपाली हाँस्य कलाकारीताको क्षेत्रका भेट्रान कलाकारहरु सम्मिलित रहेको शत्रुगतेको रुपैं मोहनी बोलको गीतको छायांकन समाप्त गरेका छन् । अब अर्को एक गीतको छायांकन सकिएपछि सुटिङ लगभग सकिएको जानकारी चलचित्रका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

रुपै मोहनी बोलको गीतको छायांकन हालै समता अस्पताल बौद्धमा छायांकन गरिएको थियो । आकर्षक सेट निर्माण गरेर तिन दिन लगातार लगाएर उक्त गीतको छायांकन गरिएको थियो । कविराज गहतराजको कोरियाग्राफीमा भएको उक्त गीतको सुटिङमा सोही चलचित्रका अधिकांश कलाकारहरुलाई समेटीएको थियो ।

करिव १५ लाख रुपैंया खर्च भएको यो गीतको स्वर भने टंक बुढाथोकी र मिना निरौलाको रहेको छ । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीकै संगीत रहेको यो गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह लगायत कलाकारहरुले अभिनय गरेका थिए ।

किरण केसीको निर्माण रहेको यो चलचित्रको वीरगंजमा १७ दिन र काठमाडौंमा ४० दिन सुटिङ भएको थियो ।

 

Logo