‘झुम्की’ निर्देशक विष्ट ‘कागजपत्र’ लिएर आउँदै

‘झुम्की’ निर्देशक विष्ट ‘कागजपत्र’ लिएर आउँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ कात्तिक ।

‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा चलचित्र ‘कागजपत्र’ बन्ने भएको छ.। राजधानी काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नयाँ चलचित्रबारे घोषण गरिएको हो ।

कार्यक्रममा वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा लि र ए यु एस एस पिल्मसको संयुक्त प्रस्तुति रहने चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतको भूमिका रहने बताइएको छ ।

क्यासमीर डिक्सनले छायाँकन गर्ने चलचित्र कागजपत्रको छायांकन दाङ तुलसीपुरका साथै काठमाडौं आसपासका क्षेत्रमा गरीने छ ।

Logo