जिग्रीको ‘सोलमारी’ संसारभरी

जिग्रीको ‘सोलमारी’ संसारभरी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

सेलिब्रेटी हिडेको पैतालाको डोब पछ्याउने फ्यानहरु प्रसस्तै भेटिन्छन् । अझ, फिल्म वा टेलिफिल्म भित्र पोखिएका कथा र घटनाहरु समेत फ्यानहरुकालागी अमृत समान हुन्छन् ।

त्यसै हुनाले नै हो, झापाको गौरादह नगरपालिकाको एउटा गाऊँमा रहेको गाऊँ ‘सोलमारी’ को नाम टेलिफिल्ममा परेपछि त्यसैको नाममा मुलुक भित्र र वाहिर समेत विभिन्न रेष्टुरेन्ट, रिसोर्ट र होटलहरु स्थापना भएका छन् ।

प्रसंग हो, टेलिफिल्म भद्रगोलको । यस टेलिफिल्ममा ‘सोल्मारी’ भन्ने एउटा रक्सी पिउने भट्टी रहेको छ । टेलिफिल्म भद्रगोलका मुख्य पात्र कुमार कट्टेल (जिग्री ) ले पटक–पटक भनिरहने थेगो ‘टुच्च लाउन सोलमारी जाउँ’ वाट नै प्रभावित भएर रेष्टुँराहरुको नाम राखिएको बुझ्न अफ्टेरो छैन । कुमार कट्टेल ‘जिग्री’का अनुसार धेरैजसोले उनीसँग सम्पर्क गरेन नै नाम राखेका हुन् ।

सोलमारी कटेज (बसुन्धरा), युनिक फाष्ट फुड रेष्टुरेन्टद्धारा सञ्चालित रहेको छ । त्यसैगरी सोलमारी रेष्टुरेन्ट (जापान) मा स्वादिष्ट नेपाली परिकारका साथै सेकुवा तथा मम भनेर बोर्ड तयार गरिएको छ । अनि सोलमारी लाइभ म्यूजिक हाउस, सोलमारी कटेज (ट्राफिक चौक, हिमालय बैंक पछाडि), सोलमारी रेष्टुरेन्ट चितवन, बुटबल लगायतका स्थानमा रहेका छन् । ठूलो लगानीमा खुलेका यस्ता रेष्टुँराहरु एक दर्जनभन्दा बढी रहेका छन् । गाऊँ र साना सहरमा पनि सोलमारी नामका होटलहरु धेरै छन् ।

 

 

 

Logo