‘डमरूको डन्डीबियो’ अब चलचित्रमा

‘डमरूको डन्डीबियो’ अब चलचित्रमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । नेपालको पूर्व राष्ट्रिय खेल डन्डीबियोको प्रवर्द्धनको लागि चलचित्र ‘डमरूको डन्डीबियो’ बन्ने भएको छ । समृद्धि इन्ट्रनेशनलको ब्यानरमा बन्न लागेको चलचित्र ‘डमरूको डन्डीबियो’को आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको हो ।

डमरूको डन्डीबियोको निर्देशक छेतन गुरुङ्गले गर्ने भएका छन् । अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्र सुमी श्रेष्ठ घले र विनोद गुरुङको संयुक्त लगानीमा निर्माण हुन लागेको हो  ।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का आदीको अभिनय रहने छ । चलचित्रको छयाङ्कन यही आइतबार अर्थात असोज २० गतेबाट सुरु हुने छ । चलचित्रको शूटीङ्ग लम्जुङको घले गाँउमा र केहि भाग काठमाण्डौंमा हुने निर्माण पक्षले जनएको छ ।

लगभग ४० दिनको शूटीङ्गको समय तोकिएको उक्त चलचित्र यही बर्षको अन्त्यमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।

Logo