चलचित्र ‘जोनी जेन्टलम्यान’को ‘जब जब तिम्रो..’ गीत सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘जोनी जेन्टलम्यान’को ‘जब जब तिम्रो..’ गीत सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ भदौ ।

चाँडै प्रदर्शनको प्रतीक्षामा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ को ‘जब जब तिम्रो…’ बोलको गीत आज पत्रकारहरूमाझ सार्वजनिक गरियो । गीत क्यू एस सिनेमा हलमा सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने गायनमा अन्जु पन्त र नवगायक सुरेश लामाले मेलोडियस स्वर भरेका छन् । ‘जब जब तिम्रो…’ गीतमा पल शाह र आचल शर्माको केमिस्ट्री जमेको छ ।

नितीन चन्दले निर्देशन गरेको यस चलचित्रमा पल शाह, आचल शर्मा, विकास जोशीलगायतले अभिनय गरेका छन् ।

योर स्टाइल पिक्चर्स र एजी इन्टरट्न्टमेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्र जोनी जेन्टलम्यान यही भदौ ३० गतेदेखि प्रदर्शनमा आउँदै छ ।

 

Logo