कलाकार उमेश खड्काको अनुभवमा :भिलेन हुनुका पीडा

कलाकार उमेश खड्काको अनुभवमा :भिलेन हुनुका पीडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : चार दर्जनभन्दा बढी फिल्ममा खलचरित्र गरिसकेका उमेश खड्काले पछिल्लो समय केही फिल्ममा सकारात्मक भूमिकासमेत निर्वाह गर्ने गरेका छन् । उनको अभिनय यात्राबारे आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । लक्ष्मण सुवेदीसँगको कुराकानीमा खड्काले भनेका छन् :

मैले झन्डै एक दर्जन फिल्ममा रेप सिनमा अभिनय गरेको छु ।
खासमा मलाई बलात्कारको दृश्य गर्नै नपरे हुन्थ्यो भन्ने लाग्छ । तर के गर्नु हुँ, त्यसमा पनि भिलेन, कथाको मागअनुसार काम त गर्नै पर्यो ।

गंगाजल फिल्ममा एउटा बलात्कारको सिन छ । फिल्मको सुटिङ मेरो गाउँ दधिकोट आसपास भएको थियो ।

सुटिङ हेर्न दुई सयभन्दा बढी छरछिमेकी, आफन्त झुम्मिएका थिए । मैले बालिका दीप्ति गिरीलाई रेप गर्नुपर्ने थियो

सट दिनेबित्तिकै म घरभित्र छिरिहाल्थेँ ।

त्यो सिन खिच्न धेरै समय लाग्यो । आफ्नै गाउँमा भएकोले होला, मलाई निकै अप्ठ्यारो महसुस भयो । बहुत कसरतका सथ त्यो सिन सकियो ।

सुटिङ सकिएको धेरै दिनसम्म पनि गाउँका महिलाले फलानोको छोरो, फलानो त बदमास रैछ , खत्तम रैछ, बालिकालाई त्यस्तो गर्दोरहेछ भनेर मेरो कुरा काट्न थाले । उनीहरुले त्यसलाई साँच्चै ठानेछन् । 

Logo