अपर मुस्ताङमा दिपिकासँग रोमान्स गर्दै नायक रमेश उप्रेती (फोटोफिचर)

अपर मुस्ताङमा दिपिकासँग रोमान्स गर्दै नायक रमेश उप्रेती (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

नायक रमेश उप्रेती नेपाली फिल्मक्षेत्रका चर्चित अनुहार हुन् । लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका उप्रेतीले केही समयअघि खेलेको ‘ब्रासलेट’ फिल्म अपेक्षाकृत रुपमा सफल हुन सकेन ।
तर उप्रेती चिन्तित छैनन् । उनले आफ्नै निर्माणमा ‘ऐश्वर्य’ फिल्म बनाएका छन् । यस फिल्ममा उनीसँग नवनायिका दिपिका प्रसाईले स्क्रिन शेयर गर्ने अवसर पाएकी छिन् । फिल्मको सुटिङका लागि रमेश मुस्ताङ पुगेका थिए । ‘मुस्ताङ सधैं कलाकारहरुको रोजाईमा पर्छ । हामीले पनि यस क्षेत्रको सुन्दरतालाई कैद गरेका छौं,’ उनले भने।

ऐश्वर्यबाट उनी निकै आशावादी देखिएका छन् । ‘ब्रासलेटले मेरो समर्थकहरुलाई म फर्किएको सन्देश दियो । ऐश्वर्यले मेरा समर्थकहरुलाई त खुसी पार्नेछ नै मेरो नाममात्रै सुनेका युवापुस्ताले पनि मलाई हेर्ने वातावरण तयार गर्नेछ किनकी फिल्म निकै राम्रो बनेको छ ।’

ऐश्वर्यको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । यस फिल्ममा सुदिप बराल सिनेमाटोग्राफर छन् । त्यस्तै दिर्घ खड्काले दृश्य सम्पादन गरेका छन् । मुस्ताङमा खिचिएको फिल्मको ‘तिमी रोएको पल’ बोलको गितको भिडियो अर्को साता रिलिज हुनेछ ।

यस गीतको भिडियो सुटिङका दौरान लिइएका केही तस्विर 

Logo