सेक्स टेप प्रकरणपछि स्टेफनी डेभिस अर्को झमेलामा

सेक्स टेप प्रकरणपछि स्टेफनी डेभिस अर्को झमेलामा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २२ असार २०७४ ।
हलिउड अभिनेत्री स्टेफनी डेभिस विवादमा आइरहने नाम हो । उनी गत साता मात्रै सेक्स टेप लिक भएपछि विवादमा तानिएकी थिइन् । अहिले फेरि विवादमा तानिएकी छिन् ।
लन्डनमा रक्सी खाएर प्रेमी जेरेमी म्याक कोनेललाई आक्रमण गरेपछि उनलाई बेलायती प्रहरीले केही समय हिरासतमा राखेर छाडेको छ । प्रहरीले लन्डनस्थित होटलबाट उनलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द सन’ले जनाएको छ ।

‘बिग ब्रदर’ फिल्मको सुटिङ चलिरहेकै बेला उनी पक्राउ परेपछि निर्माण टोलीलाई समस्या भएको छ । छुट्टी मनाउने क्रममा रक्सी खाएर समुन्द्री किनारमा रमाइलो गरिरहेकी स्टेफनी रक्सीको मात्रा बढ्दै गएपछि आफ्ना प्रेमीसँग झगडा गर्न थालेकी थिइन् । जेरेमी पनि रक्सी खाँदै थिए ।

यसअघि जेरेमीले द सनसँगको अन्तर्वार्ताका क्रममा गत मार्चमा दुई साता सुधार केन्द्रमा बिताएपछि कहिल्यै रक्सी नखाने निर्णयमा पुगेको बताएका थिए । तर उनको प्रतिबद्धता तोडियो । रक्सी सेवनपछि प्रेमिकासँग झगडा समेत निम्तियो जसका कारण प्रेमिकालाई प्रहरीले पक्राउ गर‍्यो‍ ।

बिग ब्रदरको सेटमा भेट भएका यी दुई स्टार लामो समयदेखि मिल्दै र छुट्टै आएका छन् । गत वर्षको अन्त्यमा उनीहरू छुट्टिएको भनिएको थियो तर जनवरीमा स्टेफनीले बच्चा जन्माइन् । त्यसपछि फेरि उनीहरू मिले ।

तर अहिले पनि उनीहरूबीच झगडा भइरहने गरेको छ । स्टेफनी र जेरेमी दुबैका प्रवक्ताले उनीहरूबीचको पछिल्लो झगडाबारे केही प्रतिक्रिया दिएका छैनन् ।

अघिल्लो साता मात्रै सेक्स टेप भाइरल भएपछि उनी विवादमा तानिएकी थिइन् । उनले सेक्स टेप सार्वजनिक गर्ने व्यक्तिका विरुद्ध प्रहरीमा उजुरी समेत गरेकी थिइन् । गत वर्ष जोसहुवा रिट्चिई र उनको सेक्स टेप सार्वजनिक भएको थियो ।

 

Logo