भावना आचार्यको ‘तीज गीत चट्ट रातो सारीमा’ सार्वजनिक (भिडियो सहित)

भावना आचार्यको ‘तीज गीत चट्ट रातो सारीमा’ सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । 

हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् ।

भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन छ । भिडियोमा कविता तोलंगीको मेकअप छ ।

नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।

 

Logo