फिल्म ‘डेसान’को प्रदर्शन मिति घोषणा

फिल्म ‘डेसान’को प्रदर्शन मिति घोषणा

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘डेसान’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको फस्टलुक सार्वजनिक गर्दैै  प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म मंसिरको २३ गते रिजिल हुने छ ।  फिल्मलाई नेपाल भन्दा पहिले विदेशमा रिलिज गरिने जनाइएको छ ।

सार्वजनिक २ वटा फस्टलुकलाई फरक–फरक तरिकाले निर्माण गरिएको छ  ।  २ पोष्टरमध्ये एकमा मुख्य कलाकारहरु नम्रता सापकोटा, भोला सापकोटा, पूनम थापा र निशान चौहान गम्भिर मुद्रामा छन् । अर्को पोष्टरमा पूनम र निशानलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्मित यो फिल्ममा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको फिल्मको कथा राजु थापाले लेखेका हुन् ।

फिल्ममा हरि लम्सालको संगीत, मिलन श्रेष्ठको सम्पादन छ ।  राज थापा काउचाको कथा रहेको फिल्मको कार्यकारी निर्माता कृशाला मगर रहेका छन्  ।

Logo