कपडाकै कारण रणवीर जेल जान सक्ने शाहरुख खानले गरेका थिए भविष्यवाणी

कपडाकै कारण रणवीर जेल जान सक्ने शाहरुख खानले गरेका थिए भविष्यवाणी

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता रणवीर सिंह अहिले नग्न तस्विर खिचाएका कारण चर्चा र विवादमा छन् । उनले नग्न तस्विर सामाजिक सञ्जालमा शेयर गरेदेखि नै बलिउडमा हंगामा मच्चिएको छ । 

उनको यो व्यवहार गलत हो कि सहि हो भन्ने चर्चा सर्वत्र भैरहेको छ । यो सही र गलतको बीचमा कतिपयले उनलाई साथ पनि दिइरहेका छन् भने धेरैले आलोचना पनि गरिरहेका छन् । 

उनीमाथि हालै ‘महिलाको भावनाप्रति चोट पुर्‍याएको’ मुद्दा पनि दर्ता भएको छ । यदि यो मद्दामा उनी दोषी पाईएमा उनलाई सात वर्षसम्म जेल सजाय पनि हुनसक्ने बताइएको छ । 

के तपाईलाई थाहा छ शाहरुख खानले धेरै वर्ष पहिले नै रणवीर सिंहको गिरफ्तारीको भविष्यवाणी गरिसकेका थिए । हो, सुन्दा अनौठो लाग्न सक्छ, तर शाहरुखले कपडा लगाईकै कारण रणवीर जेल जान सक्ने पहिल्ले भविष्यवाणी गरिसकेका थिए । 

शाहरुखले कहिले, किन र कहाँ यसो भनेका थिए ?

प्रसिद्ध फिल्म निर्माता करण जोहरको शो ‘कफी विथ करण’ मा विभिन्न सेलिब्रेटीहरू आएर आफ्नो व्यक्तिगत जीवन, सम्बन्ध, यौन जीवन, ब्रेकअप समेत खुलासा गर्छन् । सन् २०१६ मा शाहरुख खान पनि यो शोको हिस्सा बनेका थिए ।  त्यहि शो बेला शाहरुखले रणवीर सिंहको बारेमा एउटा भविष्यवाणी गरेका थिए, जुन आज सत्य साबित हुन सक्छ ।

शाहरुख खानले त्यो बेला रणवीर सिंहले लुगा नलगाएकै कारण एक दिन जेल जानुपर्ने बताएका थिए । वास्तवमा रणवीर सिंह आफ्नो अनौठो लुगाका कारण समय समयमा चर्चामा आईरहन्छ । कहिलेकाहीँ उनले यस्तो लुगा लगाउँछन्, जुन देखेर मानिसहरु छक्क पर्छन् । कहिलेकाहीँ उनको ड्रेसिङ सेन्सको मजाक पनि बनाइन्छ ।

Logo