अमेरिकी बक्सअफिसमा टाइटानिकलाई उछिन्दै ‘टपगन माभेरिक’ बन्यो कमाईको मामलामा पहिलो

अमेरिकी बक्सअफिसमा टाइटानिकलाई उछिन्दै ‘टपगन माभेरिक’ बन्यो कमाईको मामलामा पहिलो

केन्द्रबिन्दु
0
Shares

टम क्रुज स्टार फिल्म ‘टपगन : माभेरिक’ले अमेरिकी बक्सअफिसमा ‘टाइटानिक’ ले राखेको कीर्तिमानलाई उछिनेको छ ।

हालै सार्वजनिक भएको बक्स अफिसका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमाई गरेको छ ।

यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । टप गन म्याभरिकले जेम्स क्यामरुनको टाइटानिक फिल्मलाई उछिन्दै यो रेकर्ड राखेको हो । विश्वब्यापी कमाइका हिसावले चाहिँ टपगनको कमाई १.५ बिलियन डलर छ भने जेम्स क्यामरुन निर्देशित ‘टाइटानिक’को विश्वब्यापी कूल कमाइ २.२ बिलियन डलर छ ।

चीन र रुसमा रिलिज नभए पनि ‘टपगन २’ले अहिलेसम्म विश्वभर यति धेरै कमाई गरेको हो । हलिउड समीक्षकले ‘वर्ड अफ माउथ’ र धेरै दर्शकले दोहो¥याएर फिल्म हेरेकाले फिल्मले कीर्तिमान राखेको बताउँदै आएका छन् ।

अब टपगनले मार्भलको फिल्म ‘एभेन्जर्स : इन्फिनिटी वार’को कीर्तिमानलाई उछिन्ने अनुमान छ । यो फिल्मको कूल अमेरिकी बक्सअफिसमा कमाइ ६७८ मिलियन डलर छ ।

अहिलेसम्म उत्तर अमेरिकी बक्सअफिसमा ७०० मिलियन डलरसहित ‘ब्ल्याक प्यान्थर’, ७६० मिलियन डलरसहित ‘अवतार’, ८०४ मिलियन डलरसहित ‘स्पाइडरम्यान : नो वे होम’, ८५३ मिलियन डलरसहित ‘एभेन्जर्स एन्डगेम’ र ९३६ मिलियन डलरसहित ‘स्टार वार्स : द फोर्स अवेकन्स’ शीर्ष स्थानमा छन् ।

Logo