टि-१० लिग : करणले शून्य रनमै आउट

टि-१० लिग : करणले शून्य रनमै आउट

केन्द्रबिन्दु
0
Shares

युएईमा जारी टि-१० लिग क्रिकेटमा नेपाली अलराउन्डर करण केसी शून्य रनमै आउट भएका छन् । पहिलो पटक ब्याटिङ गरेका करणले रन जोड्न नसकेकाे हाे ।

करणको पुणे देल्लीसँग लज्जास्पद हार ब्यहोरेको छ । पुणेले दिएको ५७ रनको सामान्य लक्ष्य देल्लीले चौथो ओभरमै भेटेर ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको पुणेले ७ विकेटको क्षतिमा ५७ रनमात्रै बनाउन सक्यो । पहिलो पटक ब्याटिङ पाएका करण पहिलो बलमै शून्यमा क्याच आउट भएका हुन् ।

 

Logo