पनौतीको इन्द्रेश्वर महादेव [तस्विरमा हेरौं]

पनौतीको इन्द्रेश्वर महादेव [तस्विरमा हेरौं]

केन्द्रबिन्दु
0
Shares

नेवारी शब्दहरू ‘पँ’, ‘ल्हों’ र ‘टी’ बाट अपभ्रंश भई पनौटी बनेको हो। ‘पँ’ को अर्थ बाँस, ‘ल्हों’ को अर्थ ढुङ्गा र ‘टी’ को अर्थ टुसा हो। यही पनौटीबाट अप्रभंस हुँदै पनौती भएको जानकारहरुकाे भनाइ छ। यो नामांकरणको निकै चाख लाग्दो पौराणिक कथा यस्तो छ।

‘पनौती’ नामक परिचयात्मक पुस्तकमा सूर्यप्रसाद लाकोजुले बनेपाकी युवराज्ञी विरमादेवीले विसं १३५१ मा इन्द्रकुटको इन्द्रेश्वर लिंग स्थापना गरेको उल्लेख भएपनि प्रामाणिक रुपमा मन्दिर निर्माण तिथिमिति हालसम्म पाइएको छैन। इन्द्रेश्वर मन्दिरको पश्चिम ढोकाको माथि दलिनमा राखिएको चाँदीपत्रमा सम्वत् ७८४ शिवरात्रीको दिनमा मुक्तिराज भारोले सुनको तीनतले छत्र चढाएको उल्लेख छ। इन्द्रेश्वर मन्दिरको दक्षिणी ढोका नजिकै रहेको चाँदीपत्रमा सम्वत ९७३ माघ कृष्ण द्वितिया तिथिमा देवलको पश्चिम पट्टिको सुनको छाना बनाएर भैरवसिंह चन्द्रमणिले चढाएको उल्लेख रहेको व्यहोरा उल्लेख गरेका छन्।

तस्विरहरू…

 

Logo