काेराेना संक्रमण कम हुन थालेसँगै खुल्न थाले राजधानीका सङ्ग्रहालय

काेराेना संक्रमण कम हुन थालेसँगै खुल्न थाले राजधानीका सङ्ग्रहालय

केन्द्रबिन्दु
0
Shares

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन्। 

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरि खुला गरिएको हो। सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ।
 
नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ। बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ। मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए। हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ। दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ। दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ।
 
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन। महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए। 

महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ। सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नु पर्छ। महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ।रासस

Skip This
Skip This
Logo