वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड

वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड

केन्द्रबिन्दु
0
Shares

वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड लागेको छ ।

बिहीवार बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । काठमाडौंको हनुमानढोका दरवारस्थित तलेजु भगवतीको मन्दिर हरेक वर्ष महानवमीको दिन मात्रै खुल्ला हुन्छ । नेपालीहरुको महान चाडको अवसरमा खुल्ला गरिने तलेजु मन्दिरमा आजको दिन लामवद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाअर्चना गर्न दिइने बताइएको छ । 

कोरोना महामारीको जोखिमका कारण गत वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुल्ला नगरिएको तलेजु भगवतीको मन्दिर यस वर्ष भने स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर खुल्ला गरिएको हो । 

Logo