राष्ट्रपतिद्वारा आमाको हातबाट विजयादशमीको टीका ग्रहण

राष्ट्रपतिद्वारा आमाको हातबाट विजयादशमीको टीका ग्रहण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रवार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभ साइतमा टीका ग्रहण गरेकी छन् । 

राष्ट्रपति भण्डारीले  राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसै गरी राष्ट्रपति भण्डारीले शुक्रवार हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी हुन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । यसका साथै राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्। 

यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधारणलाई भने टीका लगाइदिइनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

Logo