यसरी उठ्दैछन् विनाशकारी भूकम्पले ढालेका उपत्यकाका सम्पदाहरु (फोटोफिचर)

यसरी उठ्दैछन् विनाशकारी भूकम्पले ढालेका उपत्यकाका सम्पदाहरु (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुनर्निर्माण प्राधिकरण खारेज गरिसक्यो । तर राजधानीका सम्पदा अझै पुनर्निर्माण भइरहेका छन्। 

ललितपुरका ठेचो, बुङमती, पाटन, काठमाडौंका वसन्तपुर, जैसीदेवल, भक्तपुरका दरबारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको देख्न सकिन्छ। 

सम्पदाको निर्माण अनि पुनर्निर्माण सजिलो पक्कै छैन । आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतीपूर्ण छ। पुराना पुस्ता बितेसँगै सम्पदा पुनर्निर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निर्माणमा संलग्नहरु बताउँछन्।

परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाइ भइरहेको छ। सम्पदाहरुको पुनर्निर्माणको यिनै कामलाई आज हामी यी तस्बिरहरुमा देखाउने प्रयास गरिरहेका छौं ।

Logo