अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रुपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन बर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।

सन् २०२१ मा भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न विदाइ कार्यक्रमहरु सरिक भइरहेकी छिन् ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

हालैमात्र नेपाल कानून समाजले भोल्कको विदाइ समारोहको आयोजना गरेको थियो ।  उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो । उता, क्यानबेरामा रहेको नेपाली दूताबासमा जोन्स्टनका लागि स्वागत समारोहको आजोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए ।

Logo