अमेरिकामा आफूविरुद्ध विरोध हुने थाहाँ पाएपछि कार्यक्रम स्थल नै गएनन् प्रधानमन्त्री ओली र आरजु

अमेरिकामा आफूविरुद्ध विरोध हुने थाहाँ पाएपछि कार्यक्रम स्थल नै गएनन् प्रधानमन्त्री ओली र आरजु

केन्द्रबिन्दु
2k
Shares

काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले विरोध गर्ने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाले न्युयोर्कमा हुने बृहत् अन्र्तक्रिया कार्यक्रम स्थगित गरेका छन्। नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो। तर अन्तिम समयमा नेपालीहरुद्धारा नै कार्यक्रममा विरोध प्रदर्शन हुने डरले ओली र आरजु पछि हटेका हुन् ।

रिपोर्टका अनुसार न्यूयोर्कमा रहेका पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्री ओली र आरजुले कार्यक्रममा नजाने निर्णय गरेका हुन् । पहिचानवादीले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत् नै आह्वान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरुले भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएको थियो । सोही सुझावको आधारमा कार्यक्रम स्थगित गरिएको स्रोतले बताएको छ।

आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख समेत व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

Logo