परराष्ट्रमन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
126
Shares

वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा भएको सो भेटवार्तामा उनीहरूबीच शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा छलफल भएको थियो ।

सो अवसरमा उनीहरूबीच नेपालको संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयमा पनि कुराकानी भएको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री डा राणाले नेपालको संसदले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानुन पारित भएको र सो कानुन पीडितमैत्री भएकाले शान्ति प्रक्रियाका बाँकी काम पनि छिट्टै निष्कर्षमा पुग्ने स्पष्ट पारिन् ।

संयुक्त राष्ट्रसङ्घीय ७९औँ महासभामा भाग लिने क्रममा अमेरिका आएकी मन्त्री डा राणा आइतबार वासिङ्टन आइपुगेकी छिन् ।

Logo