देश छाड्नेहरु भन्छन्– केही गर्न सकिएन, अब केही बनेर फर्किनेछु[भिडियाेसहित]

देश छाड्नेहरु भन्छन्– केही गर्न सकिएन, अब केही बनेर फर्किनेछु[भिडियाेसहित]

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी र तिहारमा परदेशमा रहेकाहरु समेत जन्मघरमा आउने गर्दछन् । परिवारसँगको भेटघाट र घुलमिलमा रमाउन स्वदेश फर्किनेहरु भन्दा यो वर्षको दशैंमा बाध्यताले बिदेशिनेहरु बढी देखिएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै कतिपय यात्रुहरु दशैं मनाउन् घर फर्किदैछन् । भने कति यात्रुहरु झोलाभरी परिवार र बालबच्चाको खुसी लिनका लागी चाडबाडका मुखमा विदेशीन बाध्य छन् । विमानस्थलमा दशैंमा फर्किनेको भन्दा वैदेशिक रोजगारीमा जानेको भीड धेरै छ ।

रोजगारीको लागि परदेश गएकाहरु दशैँको उमंगसँगै अनुहारमा खुसी लिएर फर्किदै गर्दा हजारौँ नेपालीहरु वैदेशिक रोजगारीका लागि भन्दै दशैंको मुखैमा बाहिरिन बाध्य बनेका छन् । परदेशको कमाइले परिवारको गर्जो मात्र टरेको छैन परिवारका सदस्यका रहरहरु पनि पूरा भएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै छ । तर वैदेशिक यात्रामा जानेहरुको अनुहारमा खुसी भने देखिँदैन । बरु चाडपर्वको रहर लुकाएर भएपनि परिवारको आवश्यकता टार्न बाध्यताको यात्रा रोज्नेहरु बर्षेनी बढ्दै गएका छन् ।

केन्द्रबिन्दु टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पुग्दा विदेश जाने नेपालीहरुको लर्को लागिरहेको देखिन्थ्यो । छाड्न आएका आफ्न्तहरु भक्कानिएर रोइरहेका देखिन्थे, भने कोही–कोही परिवारजनहरुलाई फोनमा भिडियोकल गरिरहेका थिए । विमास्थलको माहोल हेर्दा जो–कोहीको आखाँ रसाउने देखिन्थ्यो । दसैं तिहारको मुखैंमा विदेशीने नेपालीहरुलाई दसैं तिहारको समयमा किन विदेशीनु भएको ? कस्तो कार्यका लागि विदेशीनु भएको ? दसैंको मुखैमा परपरिवारसँग छुट्टिएर विदेशीनु पर्दाको पिडाको विषयमा भलाकुसारी गरेका छौं ।

Logo