प्रवासमा अग्रणी स्थान ओगट्दै ‘नेपाली जनसम्पर्क समिति इजरायल’

प्रवासमा अग्रणी स्थान ओगट्दै ‘नेपाली जनसम्पर्क समिति इजरायल’

केन्द्रबिन्दु
0
Shares

प्रवासमा रहेका नेपाली समुदायमा महिला नेतृत्वले अग्रणी स्थान लिने क्रममा नेपाली जनसम्पर्क समिति इजरायलले समेत त्यो स्थान प्राप्त गरेको गरेको छ।

नेपाली जनसम्पर्क समितिको पाँचौं वार्षिक उत्सव तथा ३९औं विपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समितिका पूर्व कार्यवाहक सभापति तथा प्रमुख अतिथि डम्बर गुरुङले उक्त कुरा बताएका हुन्।

मंगलबार इजरायल स्थित तेलबि चिल्ड्रेन पार्कमा आयोजित नेपाली जनसम्पर्क समिति इजरायलको पाँचौं वार्षिक उत्सव तथा ३९ औं विपी स्मृति दिवसलाई सम्बोधन गर्दै निवर्तमान सल्लाहकारसमेत रहेका गुरुङले भने, “नेपाली समुदाय यतिबेला विश्वभर फैलिएको छ, यसैक्रममा केही नगन्य मात्रामा महिला नेतृत्वलाई अगाडि ल्याइएको छ, त्यसको एक उदाहरण इजरायल पनि भएको छ।”

कार्यक्रमलाई सम्बोधन गर्दै समिति एवं कार्यक्रमका सभापति दीपिका भुसालले माहिलाहरूको नेतृत्व कमी भइरहेको अवस्थामा नेपाली जनसम्पर्क समिति इजरायललाई आफ्नो नेतृत्वमा अगाडि बढाउन पाउनु समग्र नेपाली समुदायको सफलता रहेको बताउँदै कृतज्ञता व्यक्त गरेकी थिइन्।

भुसालले भनिन्, “जनसम्पर्क समिति हाम्रो घर हो र यसभित्र हामीले सबैलाई समेट्न सकौं भन्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको हो।” भुसालले थपिन्, “हामी राष्ट्रियता, लोकतन्त्र र समाजवादका अनुयायी हौं र त्यसलाई सफल पार्नु  हामी सबैको दायीत्व हो । यस प्रति आस्थावान सम्पूर्ण इजरायलवासी व्यक्तित्वहरूलाई समेट्नु हाम्रो उद्देश्य हो।”

भुसालले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धि पछिल्लो अभिलेखमाथि टिप्पणी गर्दै भनिन्, “क्रियाशील आरक्षण कोटा ३३ प्रतिशत रहे पनि २२ प्रतिशत मात्र महिला सहभागिता हुनु दुःखद कुरा हो, यसको जवाफ नेतृत्व पक्षले दिनु पर्छ।”

समितिका निवर्तमान सल्लाहकार भरत लामा, नेपाली कांग्रेस १४ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूर्यबहादुर राना, उपसभापति कटक श्रेष्ठ, महामन्त्री मातृका तिमल्सिना, सहमहामन्त्री द्वय सुमित्रा दवाडी एवं सविषा थापा, कोषाध्यक्ष विनिता बराम, कार्यसमिति सदस्यद्वय सोनाम हेल्मु एवं प्रेमा अधिकारी, प्रदेश नम्बर ३ की प्रमुख प्रभा घिमिरे, क्रियाशील सदस्य उमा पौडेल लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजीकारण समितिको महामन्त्री माया खनालले गरेकी थिइन्।

Logo